You are viewing the translated version of बजेट तथा कार्यक्रमको अनुगमन तथा मूल्याङ्कन.
Section 23
बजेट तथा कार्यक्रमको अनुगमन तथा मूल्याङ्कन
: (१) सम्बन्धित मन्त्री र सचिवले आफ्नो मातहतका आयोजना वा कार्यक्रम र बजेट कार्यान्वयनको अनुगमन तथा मूल्याङ्कन क्रमशः त्रैमासिक र मासिक रूपमा गर्नु पर्नेछ।
(२) उपदफा (१) बमोजिम अनुगमन तथा मूल्याङ्कन गर्दा कार्यक्रम, कार्ययोजना, खरिद योजना, नगद प्रवाह योजना समेतको आधारमा भौतिक र बित्तीय प्रगति भए वा नभएको सम्बन्धमा त्यस्तो नतिजा प्राप्त हुनुको कारण र आधार समेतको सर्मीक्षा गर्नु पर्नेछ।
(३) उपदफा (१) बमोजिम अनुगमन तथा मूल्याङ्कन गर्दा कार्यक्रमगत, शीर्षकगत र स्रोतगत खर्च, शोधभर्ना प्राप्ति र वैदेशिक सहायता परिचालन तथा राजस्व सङ्कलनको अवस्था समेत समीक्षा गरी सो को प्रतिवेदन त्रैमासिक रूपमा अर्थ मन्त्रालयमा पठाउनु पर्नेछ।
(४) उपदफा (३) बमोजिम प्राप्त प्रगति समीक्षा प्रतिवेदन समेतका आधारमा बजेट तथा कार्यक्रम कार्यान्वयन अवस्थाको मूल्याङ्कन गरी अर्थ मन्त्रालयले अर्धवार्षिक र वार्षिक रूपमा देहायका विवरण सहित एकीकृत मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गर्नु पर्नेछ :-
(क) राजस्व, खर्च, वैदेशिक अनुदान तथा क्ररणको अनुमान, प्राप्ति तथा परिचालनको यथार्थ विवरण,
(ख) नेपाल सरकारको समष्टिगत आर्थिक तथा वित्तीय स्थिति,
(ग) नेपाल सरकारको नीति तथा बजेटमा समावेश भएका कार्यक्रमहरूको कार्यान्वयनको अवस्था,
(घ) अन्य आवश्यक विवरण ।
(५) उपदफा (४) बमोजिमको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन हरेक वर्षको माघ मसान्तभित्र र वार्षिक मूल्याङ्कन प्रतिवेदन आर्थिक वर्ष समाप्त भएको चार महिनाभित्र सार्वजनिक गरिसक्नु पर्नेछ।
(६) सम्बन्धित मन्त्रालयले उपदफा (३) बमोजिम तयार गरेको आफ्नो मन्त्रालय र मातहतको कार्यालयहरूको बजेट तथा कार्यक्रम मूल्याङ्कन प्रतिवेदन अर्थ मन्त्रालयले अर्धवार्षिक तथा वार्षिक समीक्षा सार्वजनिक गर्ने मितिभन्दा कम्तीमा पन्ध्र दिन अगावै तयार गरी अर्थ मन्त्रालयमा पठाउनु पर्नेछ ।
(७) यस दफा बमोजिम अर्धवार्षिक तथा वार्षिक बजेट तथा कार्यक्रम मूल्याङ्कन प्रतिवेदन सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।